कक्षा थप

आवश्यक कागजातहरू

१. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित शैक्षिक सत्र शूर हुनुभन्दा कम्तिमा तीन महिना अगावै तोकिएको ढाँचामा निवेदन

२. विद्यालय स्थापनाको अनुमतिपत्र तथा सञ्चालन भइरहेको कक्षासम्मको अनुमतिपत्रको प्रतिलिपि

३. विद्यार्थी संख्याको विवरण

४. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि

५. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

६. आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा भएको हुनुपर्ने

७. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि

८. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन

९. वार्षिक आयकर तिरेको रसिद

१०. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि

११. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण

१२. तोकिए बमोजिमको रकम बुझाएको रसिद

१३. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन

१४. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू

सेवा शुल्क

नगरपालिकाको आर्थिक ऐन अनुसार

लागने समय

बढीमा दुई महिना

विभाग

N/A

जानु पर्ने कोठाहरु

N/A