वडा जानकारी
कीर्तिपुर नगरपालिकाको वडा नं. ५ मा कन्याचौर, जाँखा तथा राराहिल क्षेत्र पर्दछन्, जसको वडा कार्यालय कन्याचौर, जाँखामा अवस्थित छ। यस वडामा सेराफाँट क्षेत्रमा कृषि कार्य हुने गर्दछ भने बालकुमारी स्वास्थ्य चौकी र आयुर्वेदिक अस्पतालबाट स्वास्थ्य सेवा उपलब्ध छ। धसी, गणेश मन्दिर, देउखेल तथा बालकुमारी मन्दिर यस वडाका प्रमुख धार्मिक तथा सांस्कृतिक सम्पदा हुन्। आधुनिक शैक्षिक तथा आवासीय विकासको राम्रो सम्भावना रहे पनि अव्यवस्थित सहरीकरण, कृषि योग्य जमिनको मासिँदो अवस्था तथा खानेपानीको अभाव यस वडाका प्रमुख चुनौती हुन्।
नेपाली
English