FAQs Complain Problems

विद्यालयको स्थान परिवर्तन अनुमति

सेवा प्रकार:

लाग्ने समय: 
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी: 
शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालय: 
शिक्षा शाखा
सेवा शुल्क: 
नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपी सहित तोकिएको ढाँचामा निवेदन पत्र
  2. सञ्चालक समितिका पदाधिकारी, लगानीकर्ता तथा सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी एबं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी
  3. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धि विनियमावलीको प्रतिलिपी
  4. सम्बन्धित स्थानीय तहहरु वा वडाहरुको सिफारिस पत्र (स्थान परिवर्तन भई जाने र आउने स्थानको)
  5. विद्यालय स्थापनाको अनुमतीपत्र प्रतिलिपी
  6. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
  7. चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
  8. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
  9. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
  10. तोकिए बमोजिमको रकम बुझाएको रसिद
  11. वार्षिक आयकर तिरेको रसिद
  12. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन