FAQs Complain Problems

सहकारी संस्था दर्ता गर्ने

लाग्ने समय: 
शाखाबाटै दर्ता हुनेमा सम्पूर्ण प्रक्रिया पूरा गरी आवेदन पेश गरेको १५ दिनभित्र र श्रीमान् प्र.प्र.अ.ज्यूबाट पूर्व स्वीकृति लिनुपर्ने भएमा सो को लागि लाग्ने समय अनुसार
जिम्मेवार अधिकारी: 
सहकारी शाखाप्रमुख
सेवा दिने कार्यालय: 
सहकारी शाखा
सेवा शुल्क: 
कृषिका हकमा १,०००।– अन्यका हकमा ३,०००।–
आवश्यक कागजातहरु: 
  1. तदर्थ समितिको तर्फबाट निवेदन पत्र
  2. कम्तिमा ३० जना (वचत तथा ऋण सहकारीका हकमा १०० जना) नेपाली नागरिकहरुले पहिलो र दोस्रोगरी दुई वटा प्रारम्भिक भेला गरी सोको उपस्थिति सहितको निर्णय प्रतिलिपी
  3. प्रस्तावित सहकारी संस्थाको सक्कल विनियम,
  4. शेयर सदस्यको फोटो सहितको विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, बसोवास तथा आवद्धता खुल्ने प्रमाणित कागजातहरु, कार्ययोजना, तालिम लिएको प्रमाणपत्र, संभाव्यता अध्ययन
  5. तोकिए बमोजिमको रकम तिरेको रसिद
  6. अन्य आवश्यक कागजातहरु