१. शैक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा तीन महिना पहिला विद्यालय सेवा क्षेत्रको भेलाले गरेको प्रतिबद्धतासहितको तोकिएको ढाँचामा निवेदनपत्र
२. सम्बन्धित वडाको विद्यालय सञ्चालन गर्ने सिफारिस पत्र र प्रतिबद्धता पत्र
३. प्रस्तावना पत्र
४. विद्यालय व्यवस्थापन समितिको गठन भएको कागजात तथा समितिको निर्णय प्रतिलिपि तथा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रकाप्रतिलिपि
५. नजिकका कम्तिमा दुई विद्यालयको सहमति पत्र
६. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि वा जग्गा भोगचलनको प्रमाणपत्रको प्रतिलिपि
७. शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन
८. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घर बहाल तिरेको रसिद
९. तोकिए बमोजिमको रकम बुझाएको रसिद
१०. विद्यालय सञ्चालनमा आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची–३ बमोजिमको पुरा गरेको हुनु पर्ने ।
११. विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा सर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि
१२. स्थलगत निरीक्षण प्रतिवेदन
१३. तोकिए बमोजिमको अन्य आवश्यक कागजातहरू
१४. पुनश्चः- नगरपालिकाबाट हाललाई नयाँ सामुदायिक विद्यालय खोल्ने नीति नरहेको ।
धरौटी वापत रु. २५,०००।–
अनुमति दस्तुर रु. ५,०००।–
आधारभुत तह वार्षिक दस्तुर रु. १,०००।–
माध्यमिक तह वार्षिक दस्तुर रु. २,०००।–
गुठीद्धारा सञ्चालित विद्यालयहरुलाई धरौटी रकम नलाग्ने