"सांस्कृतिक र प्राकृतिक सम्पदायुक्त, शैक्षिक एवं पर्यटकीय शहर !स्वच्छ हराभरा, समावेशि तथा समुन्नत हाम्रो कीर्तिपुर नगर!!" कीर्तिपुर नगरपालिकाको वेबसाइटमा तपाईहरुलाई स्वागत छ । हाम्रो फेसबुक पेज लाईक गर्न तथा वेवसाईटमा रेटिङ गर्न नभुल्नुहोला ।

संक्षिप्त परिचय

कीर्तिपुर नेपालको इतिहासमा एउटा आफ्नो छुट्टै अस्तित्वमा अगाडि बढिरहेको ऐतिहासिक नगर हो । नेवार जातिहरुको मुख्य बसोबास रहेको एेतिहासिक कीर्तिपुर नगर वि.सं २०५३ चैत्र १४ गते नगरपालिका एेन २०५३ अनुसार गठन भएको हो। मल्ल कालदेखि नै कला र संस्कृतिबाट धनी हुँदै आएको यस कीर्तिपुर नगरले आधुनिक नेपालको निर्माण गर्ने क्रममा हरेक पाईलामा भाग लिंदै आईरहेको छ । अर्को तिर प्रत्येक प्रजातान्त्रिक आन्दोलनमा कीर्तिपुरले उल्लेखनिय भूमिका खेल्दै आएको छ ।